Tuesday, December 24, 2013

उकाली ओराली गर्दै



उकाली ओराली गर्दै आँखाभरि रहर भर्दै
आँधीबेहरीसँग लड्दै खोलानदी सागर तर्दै
दुख पिडा बिर्संदै म आएँ परदेशबाट फर्की आएँ
आफ्नै गाउँ फर्की आएँ नयाँ नयाँ सपना ल्याएँ

सयपत्री सुनाखरी लालुपाते जाही जुही
फुलेका आँखाभरि छर्दै वरिपरि खुसी
फेरि यो मन बहलाउन हृदय खोली गाउन
आफ्नै गाउँ फर्की आएँ नयाँ नयाँ सपना ल्याएँ

सम्झेर आएको छु रमाइलो देउराली त्यो
बोकेर ल्याएको छु अमूल्य चिनो सम्हाली यो
साथीसंगी सारा भेट्न मनभरिका तिर्खा मेट्न
आफ्नै गाउँ फर्की आएँ नयाँ नयाँ सपना ल्याएँ

शब्द - रत्न शमशेर थापा
स्वर - सोनु निगम
संगीत - शक्ति बल्लभ
चलचित्र - सिमाना


Sunday, December 30, 2012

यो मुटुलाई कसरी सम्झाई बुझाऊँ



यो मुटुलाई कसरी सम्झाई बुझाऊँ
पीर यो जिन्दगानीको साहरा एउटै भयो

बिरानो यो रात सम्झना भई जाने हो
दुई मुट्ठी सास कहिले छोडी जाने हो

कसको झुठो आशा यसै लागिरहन्छ
विपना ब्युँझे जस्तो सपना खोजिरहन्छ

जति भुलूँ भन्छु झन झन याद आउँछ
छातिभित्र सधैं कस्तो ज्वाला जान्छ



शब्द - कुसुम गजमेर
स्वर - नारायण गोपाल

Wednesday, December 19, 2012

कहिलेकाहीं मनका कुरा




कहिलेकाहीं मनका कुरा हामीलाई पनि भन
ढुंगामुढा होइन होला हाम्रो पनि मन
दर्पण छायाँ, हेरी हेरी नानी गयो जोवन

कति चोटी ढाँटिसक्यो दर्पणले तिमीलाई
अँझ किन सोध्यौ नानी आफ्नो रुप उनलाई
हामीलाई पनि सोधी हेर
के छौ तिमी हाम्रो लागि
दर्पण छायाँ हेरी हेरी नानी गयो जोवन

संसारले तिमीलाई हेर्यो तिमीले संसार हेर
धेरै धेरै पाउनेछौ तिमीले त्यति खेर
व्यर्थै फाल्यौ जोवन किन
घरको चारै भित्ता कुरी
दर्पण छायाँ हेरी हेरी नानी गयो जोवन


संगीत - गोपाल योञ्जन
स्वर - उदित नारायण झा

बादलुको घुम्टोले इलाम बजार छोपिंदा




बादलुको घुम्टोले इलाम बजार छोपिंदा
मैले सबलाई बिर्सेछु तिमीलाई सम्झिंदा

छमछम पाउजु बजाउँदै हिंड्थ्यौ मेरी मायालु
चियाबारीको एकान्तमा भेट्न आउँथ्यौ मायालु
तिमी वारी म पारी आज टाढा रहँदा
मौसम पनि उदास छ हाम्रो मिलन नहुँदा
माइखोलाको दोभानमा बाढी पहिरो आइदिंदा
मैले सबलाई बिर्सेछु तिमीलाई सम्झिंदा

झलझल शीतमा रम्ने फूल झैं मेरी मायालु
गाजलुले सुहाउने परी झैं मेरी मायालु
यो मुटुको माझमा तिम्रै माया संगाल्दा
धर्ती पनि स्वर्ग झैं लाग्थ्यो तिमीलाई अंगाल्दा
नारायणस्थानको मन्दिरमा प्रेमको कसम खाइदिंदा
मैले सबलाई बिर्सेछु तिमीलाई सम्झिंदा



स्वर - यम बराल

Sunday, December 16, 2012

सपना भुलाई सारा




सपना भुलाई सारा आँसु पिएर जाऊ
मन्दिरमा छ तिम्रै तस्वीर लिएर जाऊ

जनम जनम नभुल्ने आँखा लिएर जाऊ
एक सुर बाँसुरीको विन्ती सुनेर जाऊ

छन् प्रेमका निशान दिलमा मेटाई जाऊ
एक लासको चितामा बत्ती निभाई जाऊ


स्वर - योगेश वैद्य

आज भोलि हरेक साँझ मात्तिन थालेछ




आज भोलि हरेक साँझ मात्तिन थालेछ
जिन्दगीदेखि जिन्दगी आत्तिन थालेछ

रहरै रहरमा पिएँ विवश भएर पिएँ
दुखमा पिएँ सुखमा पिएँ
पिउँदिन पिउँदिन भन्दै पिएँ
आजभोलि जिन्दगानी छोटिन थालेछ
जिन्दगीदेखि जिन्दगी आत्तिन थालेछ

मन्दिरमा बसेर पिएँ मसानमा लडेर पिएँ
नाचेर पिएँ हाँसेर पिएँ
एकान्तमा कहिलेकाहीं रुँदै पिएँ
आजभोलि हरेक रात रक्सिन थालेछ
जिन्दगीदेखि जिन्दगी आत्तिन थालेछ



स्वर - नारायण गोपाल
शब्द - भीम बिराग

चिठ्ठी तिमीलाई लेखुँ भन्छु



चिठ्ठी तिमीलाई लेखुँ भन्छु मनको कुरा मनमै रह्यो
सम्झनाले सताइरह्यो यी आँखाले हेरिरह्यो
मनको कुरा मनमै रह्यो

मनको कथा लेखुँ भने अधुरो नै रहन्छ कि
यो आँखाले टोलाइरहे बादललाई छेकिन्छ कि
कुन शब्दले लेखुँ त्यस्तो नबिझाउने काँडा जस्तो
चन्द्रमा झैं मुस्कान तिम्रो

फूल टिपी दिऊँ भने शीरमा नलाई ओइलिन्छ कि
माया भनी बोलाऊँ भने गाली कतै पाइन्छ कि
मनमा के छ कुरा तिम्रो बोलाऊँ भने छैन साइनो
मनको कुरा मनमै रह्यो



स्वर, संगीत - शम्भु राई

पोखिएर घामको झुल्का



पोखिएर घामको झुल्का भरि आँगनैमा,
तिम्रो जिन्दगीको ढोका खोलूँ खोलूँ लाग्छ है
सयपत्री फूलसँगै फक्री आँगनैमा,
बतासको भाखा टिपी बोलूँ बोलूँ लाग्छ है ।

कति कति आँखाहरु बाटो छेक्न आँउछन,
परेलीमा बास माग्न कति आँखा धाँउछन
यति धेरै मानिसका यति धेरै आँखाहरु,
मलाई भने तिम्रै आँखा रोजूँ रोजूँ लाग्छ है।

उँडू-उँडू लाग्छ किन प्वाँख कहिले पलायो,
मनको शान्त तलाउको पानी कसले चलायो
आँफैंलाई थाहा छैन कसलाई थाहा होला,
यसैले त तिमीसँग सोधूँ सोधूँ लाग्छ है।



शब्द - हरिभक्त कटुवाल
स्वर - नारायण गोपाल
संगीत - अम्बर गुरुङ

Thursday, March 15, 2012

Born To Die



What?
Who me?
What?

Feet don’t fail me now
Take me to the finish line
Oh my heart it breaks every step that I take
But I’m hoping at the gates,
They’ll tell me that you’re mine

Walking through the city streets
Is it by mistake or design
I feel so alone on the Friday nights
Can you make it feel like home, if I tell you you’re mine
It's like I told you honey

Wednesday, June 29, 2011

मलाई नसोध कहाँ दुख्छ घाउ



मलाई नसोध कहाँ दुख्छ घाउ
म जे छु ठिकै छु बिथोल्न नआऊ ।
मेरो जिन्दगीमा सधैं यो उदासी
सकेकै छु जिउन कहीले नहाँसी
मेरो चाहन हो तिमी हाँसे पुग्छ
मेरो घाउ तिमी नहाँसे पो दुख्छ
यसैले म भन्छु तिमी मुस्कुराऊ
मलाई नसोध कहाँ दुख्छ घाउ ।
कतै बिरानीमा हराएँ भने म
कतै बेहोसिमा कराएँ भने म
मेरो प्राप्ती त्यही यती ठाने पुग्छ
मेरो घाऊ तिमी नहाँसे पो दुख्छ
अँध्यारोमै छोड दियो नजलाऊ
मलाई नसोध कहाँ दुख्छ घाउ ॥

Thursday, March 10, 2011

उदास मेरो जीवन कथा कसैलाई भनिन



उदास मेरो जीवन कथा कसैलाई भनिन
यो जन्म भरी सहेको ब्यथा त्यो पनि भनिन
बेदना मेरो झन सुन्य केबल पहरा सुसाई
साहरा दिन जिन्दगी देख्ने छन जुन बिजयी
जीवन यो सम्झी गयो परन्तु को देख्छ
आफन्तलाई सम्झना रहे परन्तु जो देख्छ

गहिराइमा डुब्दै नडुब......



गहिराइमा डुब्दै नडुब
डुबिसकेको छौ भने मोती नटिपी नफर्क
पन्छिएर हैन गहिरिएर जाऊ
जीवनलाई बुझ्ने रहर छ भने
कि त लुकेर बस मृत्यु कुरेर
समस्याहरुसँग डर छ भने

Wednesday, March 9, 2011

हङकङ पोखरा



हिउँ त हैन फाप्रेको डङ्गुर
माया भयो अमिलो अङ्गुर
हङकङ पोखरा
निर्मोही आफ्नो को छ र?

बिदेसिनु लेखियो कर्मैमा
भाला रोपी नबोल मर्मैमा
जिउ त होइन ढुङ्गाको छपनी
आँउला माया नमरे म पनि
हङकङ पोखरा
निर्मोही आफ्नो को छ र?

Monday, March 7, 2011

कहाँ थियौ तिमी रंगमंच उठे पछी आयौ,



कहाँ थियौ तिमी रंगमंच उठे पछी आयौ,
समयले जवानी यो लुटे पछि आयौ,

ओइलिएका रहरहरु पलाउछ्न कि फेरी,
सम्झनाको असिनाले चुटे पछि आयौ,
समयले जवानी यो लुटे पछि आयौ,

कहाँ थियौ तिमी रंगमंच उठे पछी आयौ,
समयले जवानी यो लुटे पछि आयौ,

Friday, March 4, 2011

टुट्नु थियो टुट्यो मुटु, अब जोडदिन






टुट्नु थियो टुट्यो मुटु, अब जोडदिन 
छुट्नु थियो छुट्यो साथ, अब बोल्दिन 
बाच्नेछु म अब यहाँ एक्लै, तिम्रो माया चाहिदैन 
टुट्नु थियो टुट्यो मुटु, अब जोडदिन


मेरो पनि त मनै हो, कति धेरै माया छ 
तिम्रो पनि त मनै हो, किन निस्ठुरी रहेछ 
रुनु थियो रोइ सके, अब सक्दिन 
तिमीलाई सम्झी एक पल पनि, आसु झार्दिन
बाच्नेछु म अब यहाँ एक्लै, तिम्रो माया चाहिदैन 
टुट्नु थियो टुट्यो मुटु, अब जोडदिन 

Thursday, March 3, 2011

कैले तिम्रो पछ्यौरीमा अल्झे......




कैले तिम्रो पछ्यौरीमा अल्झे, कैले तिम्रो चौबन्दीमा अल्झे 
लोभ्याउने पासो थाप्यौ मायाको, आखिर तिम्रो जिन्दगीमा अल्झे 

हो... न देखे झैँ बाटो काटी, पर पुगी फर्कि हेर्दा 
तिमीसंग आँखा जुधाई, मुटु भित्र राको बल्दा 
कहिले त नामै भुले, आफु जाने ठाउनै भुले 
तिमीलाई पछ्याई हिड्दा, ठोकिएर कति लडे
कैले तिम्रो फर्काइमा अल्झे, कैले आँखा तर्काइमा अल्झे 
लोभ्याउने पासो थाप्यौ मायाको, आखिर तिम्रो जिन्दगीमा अल्झे 

यो मन त मेरो नेपाली हो.....




जसो गर जे भन, जता सुकै लैजाऊ मलाई 
यो मन त मेरो नेपाली हो 
मलाई गर्ब छ हाम्रो पुर्खाले, कति ब्येथाहरु सहेर 
इतिहासमा कथा त लेखेकै छ 
जसो गर जे भन, जता सुकै लैजाऊ मलाई 
यो मन त मेरो नेपाली हो 

ननै लडाईको मैदानबाट भागी दिन्छ 
न त सुनको तराजुमा बिकी दिन्छ 
आफ्नै कर्ममा अटल रहने, आफ्नै पसिनामा विश्वास राख्ने 
यो मन त मेरो नेपाली हो 

Wednesday, March 2, 2011

लेककि हे माया, मोहनी सबैलाई लगाउने....



तिमी राम्री छौ, सबैले मलाई भन्छन नि 
घर छोडी बाहिर नजानु, आमा त्यसै नै भन्छिन  नि 
घास काटी अहिले औला नि, भन्दै लौ हेर म हिडे 

लेककि हे माया, मोहनी सबैलाई लगाउने 
हे आँखाको रिमझिमले, मननै खल्बलाइदिने 

मैले छोएको पानी चल्दैन.....




बिरानो यो मन्दिरमा, कुनै दियो बल्दैन 
न आउ मेरो सामु तिमी, मैले छोएको पानी चल्दैन 

हेलामा बाचिरहेछु, कसरी तिमीलाई समेटु
के लेखिदियो भाबिले, कसरी यसलाई म मेटु
शितको थोपा हु म, मन्दिरको जल होइन 
न आउ मेरो सामु तिमी, मैले छोएको पानी चल्दैन 

Tuesday, March 1, 2011

Waka Waka,,, (This time for Africa)





Oooeeeeeeeeeeeeeeeehh

You're a good soldier
Choosing your battles
Pick yourself up
And dust yourself off
Get back in the saddle

You're on the front line
Everyone's watching
You know it's serious
We are getting closer
This isn't over