Sunday, December 16, 2012

सपना भुलाई सारा




सपना भुलाई सारा आँसु पिएर जाऊ
मन्दिरमा छ तिम्रै तस्वीर लिएर जाऊ

जनम जनम नभुल्ने आँखा लिएर जाऊ
एक सुर बाँसुरीको विन्ती सुनेर जाऊ

छन् प्रेमका निशान दिलमा मेटाई जाऊ
एक लासको चितामा बत्ती निभाई जाऊ


स्वर - योगेश वैद्य

आज भोलि हरेक साँझ मात्तिन थालेछ




आज भोलि हरेक साँझ मात्तिन थालेछ
जिन्दगीदेखि जिन्दगी आत्तिन थालेछ

रहरै रहरमा पिएँ विवश भएर पिएँ
दुखमा पिएँ सुखमा पिएँ
पिउँदिन पिउँदिन भन्दै पिएँ
आजभोलि जिन्दगानी छोटिन थालेछ
जिन्दगीदेखि जिन्दगी आत्तिन थालेछ

मन्दिरमा बसेर पिएँ मसानमा लडेर पिएँ
नाचेर पिएँ हाँसेर पिएँ
एकान्तमा कहिलेकाहीं रुँदै पिएँ
आजभोलि हरेक रात रक्सिन थालेछ
जिन्दगीदेखि जिन्दगी आत्तिन थालेछ



स्वर - नारायण गोपाल
शब्द - भीम बिराग

चिठ्ठी तिमीलाई लेखुँ भन्छु



चिठ्ठी तिमीलाई लेखुँ भन्छु मनको कुरा मनमै रह्यो
सम्झनाले सताइरह्यो यी आँखाले हेरिरह्यो
मनको कुरा मनमै रह्यो

मनको कथा लेखुँ भने अधुरो नै रहन्छ कि
यो आँखाले टोलाइरहे बादललाई छेकिन्छ कि
कुन शब्दले लेखुँ त्यस्तो नबिझाउने काँडा जस्तो
चन्द्रमा झैं मुस्कान तिम्रो

फूल टिपी दिऊँ भने शीरमा नलाई ओइलिन्छ कि
माया भनी बोलाऊँ भने गाली कतै पाइन्छ कि
मनमा के छ कुरा तिम्रो बोलाऊँ भने छैन साइनो
मनको कुरा मनमै रह्यो



स्वर, संगीत - शम्भु राई

पोखिएर घामको झुल्का



पोखिएर घामको झुल्का भरि आँगनैमा,
तिम्रो जिन्दगीको ढोका खोलूँ खोलूँ लाग्छ है
सयपत्री फूलसँगै फक्री आँगनैमा,
बतासको भाखा टिपी बोलूँ बोलूँ लाग्छ है ।

कति कति आँखाहरु बाटो छेक्न आँउछन,
परेलीमा बास माग्न कति आँखा धाँउछन
यति धेरै मानिसका यति धेरै आँखाहरु,
मलाई भने तिम्रै आँखा रोजूँ रोजूँ लाग्छ है।

उँडू-उँडू लाग्छ किन प्वाँख कहिले पलायो,
मनको शान्त तलाउको पानी कसले चलायो
आँफैंलाई थाहा छैन कसलाई थाहा होला,
यसैले त तिमीसँग सोधूँ सोधूँ लाग्छ है।



शब्द - हरिभक्त कटुवाल
स्वर - नारायण गोपाल
संगीत - अम्बर गुरुङ

Thursday, March 15, 2012

Born To Die



What?
Who me?
What?

Feet don’t fail me now
Take me to the finish line
Oh my heart it breaks every step that I take
But I’m hoping at the gates,
They’ll tell me that you’re mine

Walking through the city streets
Is it by mistake or design
I feel so alone on the Friday nights
Can you make it feel like home, if I tell you you’re mine
It's like I told you honey