Wednesday, June 29, 2011

मलाई नसोध कहाँ दुख्छ घाउ



मलाई नसोध कहाँ दुख्छ घाउ
म जे छु ठिकै छु बिथोल्न नआऊ ।
मेरो जिन्दगीमा सधैं यो उदासी
सकेकै छु जिउन कहीले नहाँसी
मेरो चाहन हो तिमी हाँसे पुग्छ
मेरो घाउ तिमी नहाँसे पो दुख्छ
यसैले म भन्छु तिमी मुस्कुराऊ
मलाई नसोध कहाँ दुख्छ घाउ ।
कतै बिरानीमा हराएँ भने म
कतै बेहोसिमा कराएँ भने म
मेरो प्राप्ती त्यही यती ठाने पुग्छ
मेरो घाऊ तिमी नहाँसे पो दुख्छ
अँध्यारोमै छोड दियो नजलाऊ
मलाई नसोध कहाँ दुख्छ घाउ ॥

Thursday, March 10, 2011

उदास मेरो जीवन कथा कसैलाई भनिन



उदास मेरो जीवन कथा कसैलाई भनिन
यो जन्म भरी सहेको ब्यथा त्यो पनि भनिन
बेदना मेरो झन सुन्य केबल पहरा सुसाई
साहरा दिन जिन्दगी देख्ने छन जुन बिजयी
जीवन यो सम्झी गयो परन्तु को देख्छ
आफन्तलाई सम्झना रहे परन्तु जो देख्छ

गहिराइमा डुब्दै नडुब......



गहिराइमा डुब्दै नडुब
डुबिसकेको छौ भने मोती नटिपी नफर्क
पन्छिएर हैन गहिरिएर जाऊ
जीवनलाई बुझ्ने रहर छ भने
कि त लुकेर बस मृत्यु कुरेर
समस्याहरुसँग डर छ भने

Wednesday, March 9, 2011

हङकङ पोखरा



हिउँ त हैन फाप्रेको डङ्गुर
माया भयो अमिलो अङ्गुर
हङकङ पोखरा
निर्मोही आफ्नो को छ र?

बिदेसिनु लेखियो कर्मैमा
भाला रोपी नबोल मर्मैमा
जिउ त होइन ढुङ्गाको छपनी
आँउला माया नमरे म पनि
हङकङ पोखरा
निर्मोही आफ्नो को छ र?

Monday, March 7, 2011

कहाँ थियौ तिमी रंगमंच उठे पछी आयौ,



कहाँ थियौ तिमी रंगमंच उठे पछी आयौ,
समयले जवानी यो लुटे पछि आयौ,

ओइलिएका रहरहरु पलाउछ्न कि फेरी,
सम्झनाको असिनाले चुटे पछि आयौ,
समयले जवानी यो लुटे पछि आयौ,

कहाँ थियौ तिमी रंगमंच उठे पछी आयौ,
समयले जवानी यो लुटे पछि आयौ,