Tuesday, December 24, 2013

उकाली ओराली गर्दै



उकाली ओराली गर्दै आँखाभरि रहर भर्दै
आँधीबेहरीसँग लड्दै खोलानदी सागर तर्दै
दुख पिडा बिर्संदै म आएँ परदेशबाट फर्की आएँ
आफ्नै गाउँ फर्की आएँ नयाँ नयाँ सपना ल्याएँ

सयपत्री सुनाखरी लालुपाते जाही जुही
फुलेका आँखाभरि छर्दै वरिपरि खुसी
फेरि यो मन बहलाउन हृदय खोली गाउन
आफ्नै गाउँ फर्की आएँ नयाँ नयाँ सपना ल्याएँ

सम्झेर आएको छु रमाइलो देउराली त्यो
बोकेर ल्याएको छु अमूल्य चिनो सम्हाली यो
साथीसंगी सारा भेट्न मनभरिका तिर्खा मेट्न
आफ्नै गाउँ फर्की आएँ नयाँ नयाँ सपना ल्याएँ

शब्द - रत्न शमशेर थापा
स्वर - सोनु निगम
संगीत - शक्ति बल्लभ
चलचित्र - सिमाना


Sunday, December 30, 2012

यो मुटुलाई कसरी सम्झाई बुझाऊँ



यो मुटुलाई कसरी सम्झाई बुझाऊँ
पीर यो जिन्दगानीको साहरा एउटै भयो

बिरानो यो रात सम्झना भई जाने हो
दुई मुट्ठी सास कहिले छोडी जाने हो

कसको झुठो आशा यसै लागिरहन्छ
विपना ब्युँझे जस्तो सपना खोजिरहन्छ

जति भुलूँ भन्छु झन झन याद आउँछ
छातिभित्र सधैं कस्तो ज्वाला जान्छ



शब्द - कुसुम गजमेर
स्वर - नारायण गोपाल

Wednesday, December 19, 2012

कहिलेकाहीं मनका कुरा




कहिलेकाहीं मनका कुरा हामीलाई पनि भन
ढुंगामुढा होइन होला हाम्रो पनि मन
दर्पण छायाँ, हेरी हेरी नानी गयो जोवन

कति चोटी ढाँटिसक्यो दर्पणले तिमीलाई
अँझ किन सोध्यौ नानी आफ्नो रुप उनलाई
हामीलाई पनि सोधी हेर
के छौ तिमी हाम्रो लागि
दर्पण छायाँ हेरी हेरी नानी गयो जोवन

संसारले तिमीलाई हेर्यो तिमीले संसार हेर
धेरै धेरै पाउनेछौ तिमीले त्यति खेर
व्यर्थै फाल्यौ जोवन किन
घरको चारै भित्ता कुरी
दर्पण छायाँ हेरी हेरी नानी गयो जोवन


संगीत - गोपाल योञ्जन
स्वर - उदित नारायण झा

बादलुको घुम्टोले इलाम बजार छोपिंदा




बादलुको घुम्टोले इलाम बजार छोपिंदा
मैले सबलाई बिर्सेछु तिमीलाई सम्झिंदा

छमछम पाउजु बजाउँदै हिंड्थ्यौ मेरी मायालु
चियाबारीको एकान्तमा भेट्न आउँथ्यौ मायालु
तिमी वारी म पारी आज टाढा रहँदा
मौसम पनि उदास छ हाम्रो मिलन नहुँदा
माइखोलाको दोभानमा बाढी पहिरो आइदिंदा
मैले सबलाई बिर्सेछु तिमीलाई सम्झिंदा

झलझल शीतमा रम्ने फूल झैं मेरी मायालु
गाजलुले सुहाउने परी झैं मेरी मायालु
यो मुटुको माझमा तिम्रै माया संगाल्दा
धर्ती पनि स्वर्ग झैं लाग्थ्यो तिमीलाई अंगाल्दा
नारायणस्थानको मन्दिरमा प्रेमको कसम खाइदिंदा
मैले सबलाई बिर्सेछु तिमीलाई सम्झिंदा



स्वर - यम बराल

Sunday, December 16, 2012

सपना भुलाई सारा




सपना भुलाई सारा आँसु पिएर जाऊ
मन्दिरमा छ तिम्रै तस्वीर लिएर जाऊ

जनम जनम नभुल्ने आँखा लिएर जाऊ
एक सुर बाँसुरीको विन्ती सुनेर जाऊ

छन् प्रेमका निशान दिलमा मेटाई जाऊ
एक लासको चितामा बत्ती निभाई जाऊ


स्वर - योगेश वैद्य