Monday, February 28, 2011

मुटु जलिरहेछ, यो मन गलिरहेछ




मुटु जलिरहेछ, यो मन गलिरहेछ 
तिम्रो याद आइदिदा, आँशु त्यसै बगेछ 

मिलनका हरेक पलहरु, मुटु भित्र कही बसेछ 
बिपनामै सपना देख्ने, बानी मलाई परेछ
हुरी चलिरहेछ, घाउ दुखिरहेछ  
तिम्रो याद आइदिदा, आँशु त्यसै बगेछ  
मुटु जलिरहेछ 


तिम्रो मायाको न्यानोपनमा, मेरो माया बाची दिएछ 
तिम्रा ओठका मुस्कान संगै, मेरो हासो बिलाई दिएछ 
जीवन ढलिरहेछ, ब्येथा बढिरहेछ  
तिम्रो याद आइदिदा, आँशु त्यसै बगेछ 
मुटु जलिरहेछ 

A song by Bhakta Raj Acharya

No comments:

Post a Comment