Sunday, February 27, 2011

जहाँ छन् बुद्धका आँखा......



जहाँ छन् बुद्धका आँखा ,स्निग्ध शान्त र सुन्दर 
त्यहाँ छ शान्तिको क्षेत्र, मेरो राष्ट्र मनोहर
प्राणभन्दा प्यारो लाग्छ, मेरो देश कता कता 
छल्किन्छ ममता मेरो, भाव गंगा जता जता 

माया नेपालको लाग्छ, नेपाली इतिहासको 
माया प्रकृतिको लाग्छ, कला भाषा र भेषको 
पुर्खाको मन्त्र यो जप्छु, चौतारीमा बसी 
जननी जन्म भुमिस्च, स्वर्गादपि गरियेसी 


छ ठुलो चाहना मेरो, आमालाई हसाउने 
सर्वोच्च शिखरबाट, बिश्व शान्ति सुनाउने
यहि प्यारो मिट्रिका माथी, पौरखी बनी कन 
पार्छु यो चाहना पूर्ण, गरि देह समर्पण 

जहाँ छन् बुद्धका आँखा ,स्निग्ध शान्त र सुन्दर 
त्यहाँ छ शान्तिको क्षेत्र, मेरो राष्ट्र मनोहर
प्राणभन्दा प्यारो लाग्छ, मेरो देश कता कता 
छल्किन्छ ममता मेरो, भाव गंगा जता जता 

A song by Bhakta Raj Acharya

No comments:

Post a Comment