Sunday, December 30, 2012

यो मुटुलाई कसरी सम्झाई बुझाऊँ



यो मुटुलाई कसरी सम्झाई बुझाऊँ
पीर यो जिन्दगानीको साहरा एउटै भयो

बिरानो यो रात सम्झना भई जाने हो
दुई मुट्ठी सास कहिले छोडी जाने हो

कसको झुठो आशा यसै लागिरहन्छ
विपना ब्युँझे जस्तो सपना खोजिरहन्छ

जति भुलूँ भन्छु झन झन याद आउँछ
छातिभित्र सधैं कस्तो ज्वाला जान्छ



शब्द - कुसुम गजमेर
स्वर - नारायण गोपाल

Wednesday, December 19, 2012

कहिलेकाहीं मनका कुरा




कहिलेकाहीं मनका कुरा हामीलाई पनि भन
ढुंगामुढा होइन होला हाम्रो पनि मन
दर्पण छायाँ, हेरी हेरी नानी गयो जोवन

कति चोटी ढाँटिसक्यो दर्पणले तिमीलाई
अँझ किन सोध्यौ नानी आफ्नो रुप उनलाई
हामीलाई पनि सोधी हेर
के छौ तिमी हाम्रो लागि
दर्पण छायाँ हेरी हेरी नानी गयो जोवन

संसारले तिमीलाई हेर्यो तिमीले संसार हेर
धेरै धेरै पाउनेछौ तिमीले त्यति खेर
व्यर्थै फाल्यौ जोवन किन
घरको चारै भित्ता कुरी
दर्पण छायाँ हेरी हेरी नानी गयो जोवन


संगीत - गोपाल योञ्जन
स्वर - उदित नारायण झा

बादलुको घुम्टोले इलाम बजार छोपिंदा




बादलुको घुम्टोले इलाम बजार छोपिंदा
मैले सबलाई बिर्सेछु तिमीलाई सम्झिंदा

छमछम पाउजु बजाउँदै हिंड्थ्यौ मेरी मायालु
चियाबारीको एकान्तमा भेट्न आउँथ्यौ मायालु
तिमी वारी म पारी आज टाढा रहँदा
मौसम पनि उदास छ हाम्रो मिलन नहुँदा
माइखोलाको दोभानमा बाढी पहिरो आइदिंदा
मैले सबलाई बिर्सेछु तिमीलाई सम्झिंदा

झलझल शीतमा रम्ने फूल झैं मेरी मायालु
गाजलुले सुहाउने परी झैं मेरी मायालु
यो मुटुको माझमा तिम्रै माया संगाल्दा
धर्ती पनि स्वर्ग झैं लाग्थ्यो तिमीलाई अंगाल्दा
नारायणस्थानको मन्दिरमा प्रेमको कसम खाइदिंदा
मैले सबलाई बिर्सेछु तिमीलाई सम्झिंदा



स्वर - यम बराल

Sunday, December 16, 2012

सपना भुलाई सारा




सपना भुलाई सारा आँसु पिएर जाऊ
मन्दिरमा छ तिम्रै तस्वीर लिएर जाऊ

जनम जनम नभुल्ने आँखा लिएर जाऊ
एक सुर बाँसुरीको विन्ती सुनेर जाऊ

छन् प्रेमका निशान दिलमा मेटाई जाऊ
एक लासको चितामा बत्ती निभाई जाऊ


स्वर - योगेश वैद्य

आज भोलि हरेक साँझ मात्तिन थालेछ




आज भोलि हरेक साँझ मात्तिन थालेछ
जिन्दगीदेखि जिन्दगी आत्तिन थालेछ

रहरै रहरमा पिएँ विवश भएर पिएँ
दुखमा पिएँ सुखमा पिएँ
पिउँदिन पिउँदिन भन्दै पिएँ
आजभोलि जिन्दगानी छोटिन थालेछ
जिन्दगीदेखि जिन्दगी आत्तिन थालेछ

मन्दिरमा बसेर पिएँ मसानमा लडेर पिएँ
नाचेर पिएँ हाँसेर पिएँ
एकान्तमा कहिलेकाहीं रुँदै पिएँ
आजभोलि हरेक रात रक्सिन थालेछ
जिन्दगीदेखि जिन्दगी आत्तिन थालेछ



स्वर - नारायण गोपाल
शब्द - भीम बिराग

चिठ्ठी तिमीलाई लेखुँ भन्छु



चिठ्ठी तिमीलाई लेखुँ भन्छु मनको कुरा मनमै रह्यो
सम्झनाले सताइरह्यो यी आँखाले हेरिरह्यो
मनको कुरा मनमै रह्यो

मनको कथा लेखुँ भने अधुरो नै रहन्छ कि
यो आँखाले टोलाइरहे बादललाई छेकिन्छ कि
कुन शब्दले लेखुँ त्यस्तो नबिझाउने काँडा जस्तो
चन्द्रमा झैं मुस्कान तिम्रो

फूल टिपी दिऊँ भने शीरमा नलाई ओइलिन्छ कि
माया भनी बोलाऊँ भने गाली कतै पाइन्छ कि
मनमा के छ कुरा तिम्रो बोलाऊँ भने छैन साइनो
मनको कुरा मनमै रह्यो



स्वर, संगीत - शम्भु राई

पोखिएर घामको झुल्का



पोखिएर घामको झुल्का भरि आँगनैमा,
तिम्रो जिन्दगीको ढोका खोलूँ खोलूँ लाग्छ है
सयपत्री फूलसँगै फक्री आँगनैमा,
बतासको भाखा टिपी बोलूँ बोलूँ लाग्छ है ।

कति कति आँखाहरु बाटो छेक्न आँउछन,
परेलीमा बास माग्न कति आँखा धाँउछन
यति धेरै मानिसका यति धेरै आँखाहरु,
मलाई भने तिम्रै आँखा रोजूँ रोजूँ लाग्छ है।

उँडू-उँडू लाग्छ किन प्वाँख कहिले पलायो,
मनको शान्त तलाउको पानी कसले चलायो
आँफैंलाई थाहा छैन कसलाई थाहा होला,
यसैले त तिमीसँग सोधूँ सोधूँ लाग्छ है।



शब्द - हरिभक्त कटुवाल
स्वर - नारायण गोपाल
संगीत - अम्बर गुरुङ