यौवनको गोरेटोमा पछ्यौरी कसको अल्झेछ
नयाँ चोट लागेको होइन पुरानो घाऊ बल्झेछ
बिहानीको शीतको थोपा पातले बोके जस्तो
मायालुको माया बोक्ने कुसुमे रुमाल...
बैशालु मनले मेरो सपना सजाएछ
मुटु मेरो सानो माया ठुलै पालेछ
पहाडको आशु बोकी खोला बगे जस्तो
मायालुको आशु बोक्ने कुसुमे रुमाल...
लाहुरे दाइले बिदा लिए सानो रेलमा चढेर
कान्छी नानी रुन्छिन सम्झना कोसेली दिएर
भाग्य भए भेटौला टिकामा अर्को साल
नभए सम्झना कुसुमे रुमाल ...
No comments:
Post a Comment