Thursday, March 10, 2011

उदास मेरो जीवन कथा कसैलाई भनिन



उदास मेरो जीवन कथा कसैलाई भनिन
यो जन्म भरी सहेको ब्यथा त्यो पनि भनिन
बेदना मेरो झन सुन्य केबल पहरा सुसाई
साहरा दिन जिन्दगी देख्ने छन जुन बिजयी
जीवन यो सम्झी गयो परन्तु को देख्छ
आफन्तलाई सम्झना रहे परन्तु जो देख्छ

उदास मेरो जीवन कथा 
कपूर जस्तो जिन्दगी दिन दिन उडदछ अनन्त
औंसीको रात बिपतको खेल खेल्दछ बसन्त
बिरही मनमा भौतारी खेल्छु खोजेर सृजना
निराश मेरो जिदगी देख्छु के मेट्छु तिर्सना
उदास मेरो जीवन कथा कसैलाई भनिन
यो जन्म भरी सहेको ब्यथा त्यो पनि भनिन
उदास मेरो जीवन कथा

शब्द - भैरबनाथ रिमाल
स्वर - अरुणा लामा
संगीत - नारायण गोपाल
Listen this song in You-tube

No comments:

Post a Comment