Wednesday, March 2, 2011

मैले छोएको पानी चल्दैन.....




बिरानो यो मन्दिरमा, कुनै दियो बल्दैन 
न आउ मेरो सामु तिमी, मैले छोएको पानी चल्दैन 

हेलामा बाचिरहेछु, कसरी तिमीलाई समेटु
के लेखिदियो भाबिले, कसरी यसलाई म मेटु
शितको थोपा हु म, मन्दिरको जल होइन 
न आउ मेरो सामु तिमी, मैले छोएको पानी चल्दैन 


सधै म रमेको हुन्छु, आफ्नै छाँयाको साथमा 
बुझ्नै सकिन मैले, कुन्नि के राख्या छ जातमा 
दक्षिणको घाम हु म, पश्चिममा ढल्दैन
न आउ मेरो सामु तिमी, मैले छोएको पानी चल्दैन 

A song by Yash Kumar

1 comment:

  1. this song is very nice heart touching!thanx for the lyrics

    ReplyDelete