तिमी राम्री छौ, सबैले मलाई भन्छन नि
घर छोडी बाहिर नजानु, आमा त्यसै नै भन्छिन नि
घास काटी अहिले औला नि, भन्दै लौ हेर म हिडे
लेककि हे माया, मोहनी सबैलाई लगाउने
हे आँखाको रिमझिमले, मननै खल्बलाइदिने
गुराँस टिपेर चुल्ठो सजेकी, आँखामा कालो गाजल लाएकी
के सारै राम्री भएकी, झन् हास्दै हेर्दै हिडेकी
लेककि हे माया, मोहनी सबैलाई लगाउने
ए आँखाको रिमझिमले, मननै खल्बलाइदिने
स्याउ जस्तो गाला, आँखा लाग्ला है
कोमल मनलाई, फकाउला है
कहाँ जान तिमी हिडेकी, हामीलाई किन बिर्सेकी
लेककि हे माया, मोहनी सबैलाई लगाउने
हे आँखाको रिमझिमले, मननै खल्बलाइदिने
A song by Kandara Band.
No comments:
Post a Comment