जसो गर जे भन, जता सुकै लैजाऊ मलाई
यो मन त मेरो नेपाली हो
मलाई गर्ब छ हाम्रो पुर्खाले, कति ब्येथाहरु सहेर
इतिहासमा कथा त लेखेकै छ
जसो गर जे भन, जता सुकै लैजाऊ मलाई
यो मन त मेरो नेपाली हो
ननै लडाईको मैदानबाट भागी दिन्छ
न त सुनको तराजुमा बिकी दिन्छ
आफ्नै कर्ममा अटल रहने, आफ्नै पसिनामा विश्वास राख्ने
यो मन त मेरो नेपाली हो
ननै अरुको भरोसामा बाचिदिन्छ
न त आफ्नो अधिकारलाई लुट्न दिन्छ
हिमालझैँ चम्किलो सफा छ छाती, आकाशझैँ फिजिएको बिचार छ बिशाल
यो मन त मेरो नेपाली हो
जसो गर जे भन, जता सुकै लैजाऊ मलाई
यो मन त मेरो नेपाली हो
मलाई गर्ब छ हाम्रो पुर्खाले, कति ब्येथाहरु सहेर
इतिहासमा कथा त लेखेकै छ
जसो गर जे भन, जता सुकै लैजाऊ मलाई
यो मन त मेरो नेपाली हो
A song by 1974 A.D
No comments:
Post a Comment