टुट्नु थियो टुट्यो मुटु, अब जोडदिन
छुट्नु थियो छुट्यो साथ, अब बोल्दिन
बाच्नेछु म अब यहाँ एक्लै, तिम्रो माया चाहिदैन
टुट्नु थियो टुट्यो मुटु, अब जोडदिन
मेरो पनि त मनै हो, कति धेरै माया छ
तिम्रो पनि त मनै हो, किन निस्ठुरी रहेछ
रुनु थियो रोइ सके, अब सक्दिन
तिमीलाई सम्झी एक पल पनि, आसु झार्दिन
बाच्नेछु म अब यहाँ एक्लै, तिम्रो माया चाहिदैन
टुट्नु थियो टुट्यो मुटु, अब जोडदिन
सहनुको नि सिमा छ, तर पनि म सहेथे
तिमीलाई त सबै थाहा छ, पागल प्रेमी म बनेथे
नशा हो यो माया प्रिती, अब लाउदिन
तिमीलाई सम्झी एक पल पनि, आसु झार्दिन
बाच्नेछु म अब यहाँ एक्लै, तिम्रो माया चाहिदैन
टुट्नु थियो टुट्यो मुटु, अब जोडदिन
Lyrics/ Music/ Vocal: Sudip Giri
No comments:
Post a Comment