कैले तिम्रो पछ्यौरीमा अल्झे, कैले तिम्रो चौबन्दीमा अल्झे
लोभ्याउने पासो थाप्यौ मायाको, आखिर तिम्रो जिन्दगीमा अल्झे
हो... न देखे झैँ बाटो काटी, पर पुगी फर्कि हेर्दा
तिमीसंग आँखा जुधाई, मुटु भित्र राको बल्दा
कहिले त नामै भुले, आफु जाने ठाउनै भुले
तिमीलाई पछ्याई हिड्दा, ठोकिएर कति लडे
कैले तिम्रो फर्काइमा अल्झे, कैले आँखा तर्काइमा अल्झे
लोभ्याउने पासो थाप्यौ मायाको, आखिर तिम्रो जिन्दगीमा अल्झे
मेरा सपना तिमी तिरै, हाम्फाल्न पो थाले अचेल
आफ्नै ढुकढुकीमा पराइ, बास खोज्न थाले अचेल
खोजि रहू जस्तो लाग्छ, भेटिरहू जस्तो लाग्छ
तिम्रो घरको छेउछाउ, बसाइ सरौ जस्तो लाग्छ
कैले तिम्रो हसाइमा अल्झे, कैले कुरा गराईमा अल्झे
लोभ्याउने पासो थाप्यौ मायाको, आखिर तिम्रो जिन्दगीमा अल्झे
कैले तिम्रो पछ्यौरीमा अल्झे, कैले तिम्रो चौबन्दीमा अल्झे
लोभ्याउने पासो थाप्यौ मायाको, आखिर तिम्रो जिन्दगीमा अल्झे
Singer: Udit Narayan Jha
Lyrics: Raman Ghimire
Music: Alokshree
No comments:
Post a Comment